बैतडीको एक वडा कार्यालयमा तालाबन्दी

बैतडीको एक वडा कार्यालयमा तालाबन्दी गरिएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत फारम भर्ने विषयमा काखापाखा गरिएको भन्दै स्थानीयले शुक्रबार सुर्नया गाउँपालिका(४ को वडा कार्यालयमा तालाबन्दी गरेका हुन्।

प्रधानमन्त्री रोजगार कार्यक्रमको फारम भर्दै गर्दा आफूहरुलाई पूर्वाग्रहपूर्ण व्यवहार गरिएको स्थानीयले बताएका छन् भने वडाध्यक्ष दिनेशप्रसाद भट्टले कर्मचारीहरुले फारम भर्दा भेदभाव गरेको भन्ने सुनिएको र सो विषयमा छलफल गरेर समाधान गर्न खोज्दा नमानेर स्थानीयले तालाबन्दी गरेको बताए।


२८ फागुन २०७८, शनिवार १२:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु