आजकाे मौसम सामान्यतया सफा रहने
देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आजकाे मौसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले बिहान प्रदेश १ र मधेस प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेकाे छ । अन्य भू–भागकाे मौसम सामान्यतया सफा रहेको माैसमविद्ले जानकारी दिएका छन् ।
आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले गरेकाे छ । महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।
२५ फागुन २०७८, बुधवार ०८:२६ बजे प्रकाशित































