राज्यले समानताको सुनिश्चितता गर्नुपर्छ : मन्त्री जोशी
धनगढीमा पनि बिभिन्न कार्यक्रमम गरेर ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । सरोकारवाला विभिन्न निकायको आयोजनामा विविध कार्यक्रम गरेर नारी दिवस मनाइएको हो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले अन्तर्राष्ट्रिय नारी दिवस दिवसका लागि मात्रै नभएर यो समाननताका लागि पनि मनाउनुपर्ने बताएकी छन् ।
सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । हामीले माग्ने र दिने भन्दा पनि राज्यले समानताको सुनिश्चितता गर्नुपर्ने उनले बताइन् । महिलालाई घर परिवार, पेशा, ब्यवसाय तथा अन्य क्षेत्रमा भइहरेका असमानतालाई तोड्न जरुरी रहेको उनले बताइन् । अन्तर्राष्ट्रिय नारी दिवस हामीले पितृसत्तातमक सोच तोड्न पनि मनाइरहेको मन्त्री जोशीले बताइन् । बनाएका कानुन कार्यन्वयनमा जोड दिनुपर्ने उनले बताइन् । समानता र न्यायका लागि पनि यस्ता कार्यक्रमको आवस्यकता रहेको उनको भनाइ थियो ।

यस्तै समाजीक बिकास राज्य मन्त्री मना कुरारी साउदले आफ्ना हक अधिकार पाउन हामी आफैले एक जुट हनुुुपर्ने बताएकी छन् । उनले कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् । महिलालाई सहभागिताको नाममा मात्रै सहभागिता नभएर अर्थपूर्ण सहभागिता गराउनुपर्नेमा उनले बताइन् । उनले अव हरेक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिएकी छन् । दिवसको अवसरमा साँस्कृतिक प्रस्तुति तथा सम्मान कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

यस्तै सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले मंगलबार विहान धनगढीमा प्रभातफेरि पनि गरेको थियो । धनगढीको ट्राफिक चौराहाबाट प्रभातफेरि सुरु भएको थियो । प्रभातफेरिमा सामाजिक विकास मन्त्री लालबहादुर खड्का, राज्यमन्त्री, विभिन्न राजनीतिक दलका प्रतिनिधि, महिला समूह, प्रहरी लगायतको सहभागिता रहेको थियो ।

२४ फागुन २०७८, मंगलवार २१:४३ बजे प्रकाशित































