punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

योगदान राष्ट्रको लागि डोटीले चैत्र २ गतेदेखि महोत्सव हुँदै

Chaupati
safha napa

योगदान राष्ट्रका लागि डोटीको आयोजनामा चैत्र २ गते देखी १२ गतेसम्म दिपायलमा महोत्सव सञ्चालन हुने भएको छ । “युग युग सम्म देखियोस् पल्टाउँदा इतिहासको पान, डोटीको कला संस्कृतिको संरक्षण गर्ने हाम्रो चाहाना” भन्ने मूल नाराका साथ योगदान राष्ट्रका लागि डोटीले डोटी सांस्कृतिक मेला महोत्सव २०७८ को आयोजना गरेको हो ।

सोमबार सिलगढीमा पत्रकार सम्मेलनको आयोजना गरि संस्थाले पहिलो पटक महोत्सवको आयोजना गर्न लागेको बताएको छ । महोत्सवमा करिब ३० लाख रुपैयाँ लगानी गर्ने र रु। ५० लाख आम्दानी गर्ने लक्ष्य आयोजकले राखेको छ ।

महोत्सवको मुख्य आकर्षणको रूपमा प्याराग्लाइडिङ र सेती नदिमा रयाप्टिङ गर्न सकिने अध्यक्ष दीपक खातिले बताएका छन ।कम्तिमा ५० भन्दा बढी स्टलहरू महोत्सव स्थलमा राखिने बताइएका छन।

कलाकारहरू महानायक राजेश हमाल, गायक पशुपति शर्मा, प्रकाश सपुत, नन्द कृष्ण जोशी, भुवन दाहाल चक्र बम, गायिका ज्योति मगर, रेखा जोशी लगायतका ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहने सल्लाहकार तेज डुम्रेल ले बताएका छ्न। महोत्सवमा अझै बढी स्थानीय कलाकार लाई स्थान दिने आयोजकले बताएको छ ।

स्थानीय परिकारको स्वाद पनि महोत्सवमा लिन पाइने योगदान राष्ट्रका लागि डोटीका सदस्य तथा कलाकार गणेश साउद जिसीले बताएका छन । महोत्सव अवलोकन गर्न जाने प्रत्येक व्यक्तिले रु एक सय को टिकेट काट्नुपर्ने छ।

विश्व महामारीको रूपमा रहेको कोरोना भाइरसका कारण विगत केही समय देखी डोटीमा धेरैको उपस्थिति हुने किसिमका मेला महोत्सव सञ्चालन हुन सकेका थिएनन् । यो वर्ष महोत्सव लाग्ने भएपछि डोटी बासि सबै खुसी भएका छन् ।


२३ फागुन २०७८, सोमवार १९:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु