punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी उप–महानगरपालिकामा अख्तियारको छापा,खरिद प्रक्रियाका सबै कागजात नियन्त्रणमा

Chaupati
safha napa

धनगढी,जेठ १ । धनगढी उपमहानगरपालिकाले कुहिएको चामल वितरण गरेर राहतमा अनियमितता गरेको समाचार बाहिर आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ ।

अख्तियारको क्षेत्रीय सम्पर्क कार्यालय महेन्द्रनगरको टोलीले खाद्यान्न खरिदको टेण्डर सम्बन्धी कागजातहरू नियन्त्रणमा लिएको प्रवक्ता टोपबहादुर बिष्टले जानकारी दिए । टोलीले उपमहानगरका वडा नम्बर २ र ४ मा वितरणका लागि राखिएको र उपभोक्ताले फिर्ता गरेको खाद्यान्न पनि निरीक्षण गरेको छ ।

उपमहानगरले राहतमा कुहिएको चामल वितरण गरेको र अनियमितता भएको विषय सञ्चारमाध्यमबाट जानकारी पाएपछि अनुसन्धान थालिएको प्रवक्ता बिष्टले बताए । कुहिएको र किरा परेको भन्दै केही परिवारले राहतको चामल फिर्ता गरेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयले अनुगमन गरेका थिए । यी दुई निकायको अनुगमनको मुचुल्का पनि अख्तियारको टोलीले लगेको छ ।

उपमहानगरले कुहिएको र किरा परेको चामल वितरण गरेको भन्दै धनगढीका स्थानीयले विरोध जनाएपछि अहिले राहत वितरण कार्य रोकिएको छ । केही परिवारले भने राहत फिर्तासमेत गरेका छन् । उपमहानगरले ठाकुर ट्रेड लिंकसँग दुई करोड ६१ लाख रुपैयाँमा सम्झौता गरेर राहतका लागि खाद्यान्न खरिद गरेको हो । स्थानीयले ठेक्का प्रक्रियामै मिलेमतो भएको भन्दै छानविन गर्न माग गर्दै आएका छन् ।

उपमहानगरले तीन दिने सूचना जारी गरेर खाद्यान्न आपूर्तिका लागि गरेको बोलपत्रमा ठाकुर एग्रोको मात्रै बोलपत्र परेको थियो । तर १४ वैशाखसम्म बोलपत्र दर्ताको समय तोकिए पनि उपमहानगरको प्रशासन, जिन्सी, खरिद इकाई र लेखा शाखाका कर्मचारीले १२ वैशाखमै ठाकुरको बोलपत्र स्वीकृतिका लागि टिप्पणी उठाएको सार्वजनिक भएको छ । 


१ जेठ २०७७, बिहीवार १२:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु