punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

फोनिज सुदूरपश्चिमको अध्यक्षमा लखन चौधरी

Chaupati
safha napa

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुदूरपश्चिम प्रदेश दोस्रो अधिवेशन धनगढीमा सम्पन्न भएको छ ।
अधिवेशनले फोनिज प्रदेश अध्यक्षमा लखन चौधरीलाई सर्वसम्मतले चयन गर्दै नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा जुद्ध चौधरी, महासचिवमा कालीमैया चौधरी ‘उन्नति’, सचिवमा भानुप्रताप राना (संगठन), बलराम चौधरी (संस्थागत) र कोषाध्यक्षमा दुर्जन चौधरी चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा रजनी राना, नन्दलाल राना, टीआर कठरिया र नरेन्द्र चौधरी चयन भएका छन् ।
यसअघि, निवर्तमान अध्यक्ष भीम चौधरीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा फोनिजका केन्द्रीय उपाध्यक्ष लक्की चौधरी, नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका उपाध्यक्ष योगेन्द्र बलायर, फोनिजका प्रदेश इन्चार्ज रामचन्द्र कुश्मी, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।


२० फागुन २०७८, शुक्रवार २२:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु