आज दिनभर र राति देशभरको मौसम कस्तो रहला ?

देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा आजको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

मौसमविद्का अनुसार आज राति देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।


२१ फागुन २०७८, शनिवार ०७:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु