कवाड संकलन स्थलबाट तीन किलो चरेश बरामद

कञ्चनपुरमा प्रहरीले एक कवाड संकलनस्थलबाट लागूऔषध (चरेश) बरामद गरेको छ। शुक्रवार महेन्द्रनगर हाइवेको सगुन होटलको आडमा रहेको कवाड संकलनस्थलमा छापा मारेर प्रहरीले करिब तीन किलो चरेश बरामद गरेको हो।

प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

 


२० फागुन २०७८, शुक्रवार २१:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु