बैतडीमा आप्रवासी कामदारको निःशुल्क दुर्घटना बीमा
रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका यहाँका कामदारको निःशुल्क बीमा गरिने भएको छ। सदरमुकामस्थित दशरथचन्द नगरपालिका घर भइ भारतमा काम गर्ने आप्रवासी कामदारको दुर्घटना बीमा गरिने भएको हो।
दशरथचन्द नगरपालिका र रुडेस बैतडीको संयुक्त सहकार्यमा आप्रवासी कामदारको दुर्घटना बीमा गरिन लागिएको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए।
२० फागुन २०७८, शुक्रवार १३:१७ बजे प्रकाशित































