punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीका एक लाख ४२ हजारजनाले लगाए कोरोनाविरुद्धको खोप

Chaupati
safha napa

बैतडीमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या एक लाख ४२ हजार नाघेको छ। स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार १ लाख ४२ हजार ६२९ जनाले खोपको पहिलो मात्रा लगाएका छन्। बुस्टर डोज भने ४ हजार ३०१ जनाले लगाएका छन्।  सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा २४ हजार ३९९ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने २२ हजार ६९५ जनाले पूर्ण खोप लगाएका छन्। यस्तै‚ पाटन नगरपालिकामा १६ हजार १७ जनाले खोपको पहिलो र २६ हजार ४९५ जनाले पूर्ण खोप पाएका छन्।

पुर्चौंडी नगरपालिकामा २१ हजार ३४० जनाले खोपको पहिलो र १८ हजार ४६३ जनाले पूर्ण खोप लगाएका छन्। यसैगरी मेलौली नगरपालिकामा १३ हजार ७८५ जनाले खोपको पहिलो मात्रा र १० हजार ८४१ जनाले पूर्ण खोप लगाएका छन्।

डिलाशैनी गाउँपालिकामा १७ हजार ७३३ जनाले खोपको पहिलो मात्रा र आठ हजार ४४३ जनाले पूर्ण खोप लगाएका छन्। दोगडाकेदार गाउँपालिकामा १३ हजार ८१८ जनाले खोपको पहिलो र आठ हजार ५९५ जनाले पूर्ण खोप लगाएका छन्। यस्तै‚ सुर्नया गाउँपालिकामा ९ हजार ६९६ जनाले खोपको पहिलो मात्रा र नौ हजार ९२० जनाले पूर्ण खोप लगाएका छन्।

पञ्चेश्वर गाउँपालिकामा ८ हजार ९७० जनाले खोपको पहिलो मात्रा र ६ हजार ९९५ जनाले पूर्ण खोप लगाएका छन्। यस्तै‚ शिवनाथ गाउँपालिकामा ७ हजार ५३९ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ८ हजार ३८० जनाले पूर्ण खोप लगाएका छन्। सिगास गाउँपालिकामा ९ हजार ३३२ जनाले खोपको पहिलो मात्रा र ११ हजार ७१९ जनाले पूर्ण खोप पाएका छन्।

 


१४ फागुन २०७८, शनिवार १३:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु