punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देश छाड्न अमेरिकाले गरेको उद्धारको प्रस्तावलाई युक्रेनका राष्ट्रपतिले गरे अस्वीकार

Chaupati
safha napa

देश छाड्न भन्दै अमेरिकाले गरेको उद्धारको प्रस्ताव युक्रेनका राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले अस्वीकार गरेका छन् । अमेरिकी सञ्चारमाध्यमहरूले राष्ट्रपति जेलेन्स्कीकाे उद्धारका लागि अमेरिकाले प्रस्ताव गरेकाे खबर प्रकाशित गरेका थिए ।

अमेरिकाकाे याे प्रस्तावलाई जेलेन्स्कीले अस्वीकार गरेकाे बीबीसीले जनाएकाे छ । ‘यहाँ लडाइँ चलिरहेकाे छ । मलाई लड्नका लागि बम र हतियार चाहिएकाे छ । भाग्नका लागि सवारी साधन हैन’, अमेरिकालाई जवाफ दिँदै जेलेन्स्कीले भनेकाे खबरमा उल्लेख छ ।

रुसी आक्रमणको प्रतिवाद गरेका राष्ट्रपति जेलेन्स्कीको सामाजिक सञ्जालमा निकै प्रशंसा भइरहेको छ । उनले रुसलाई चेतावनी दिँदै यसअघि भनेका थिए, ‘जब तिमीले हामीमाथि आक्रमण गर्छौँ, हामी सामना गर्नेछाैँ । पिठ्युँ देखाउने छैनाैँ ।’


१४ फागुन २०७८, शनिवार १२:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु