punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पोषण सुधारका लागि बुवा र हजुरबुवा समूह गठन

Chaupati
safha napa

बच्चाको पोषण सुधारका लागि कैलालीको टीकापुर नगरपालिकाले बुवा र हजुरबुवा समूह गठन थालेको छ। नगरपालिकाले पोषण सुधारका लागि पुरुषलाई जिम्मेवार बनाउन बुवा समूह गठन थालेको हो। यसअघि आमा समूहमार्फत स्वास्थ्य र पोषणमा काम गर्दै आएको नगरपालिकाले बुवाहरू पनि स्वास्थ्यबारे सचेत होऊन् भनी समूह बनाउन थालेको बताएको छ।

पहिलो दिन वडा नम्बर ४ मौरनियामा बुवा र हजुरबुवा समूह गठन भएको छ। दुई वर्षमुनिका बच्चालाई नियमित वृद्धि अनुगमन तथा गाउँघर क्लिनिक र खोप क्लिनिकमा लैजान प्रोत्साहनका साथै पोषण वृद्धिका लागि लैङ्गिक असमानता अन्त्य गर्न बुवा र हजुरबुवा समूह गठन भएको समूहका अध्यक्ष तीर्थराम चौधरीले बताए। चौधरीको अध्यक्षतामा गठन भएको समूहमा सचिव सुन्दर चौधरी रहेका छन्।

सदस्यमा गङ्गाराम चौधरी, गोविन्दा चौधरी, मनोज चौधरी, प्रदेशी चौधरी, रेशम चौधरी, लालप्रसाद चौधरी, भागीराम चौधरी, कलेङ्गु चौधरी र प्रेमलाल चौधरी रहेका छन्। समूहको सदस्यसचिवमा भिखुलाल चौधरीलगायतका हजार दिनका आमा र दुई वर्षमुनिका बच्चा रहेका घरका पुरुष सहभागी छन्। समूहले आफ्ना घरका बालबालिकाको स्वास्थ्यमा ध्यान दिनुका साथै समुदायका बालबालिकाको पोषण, वृद्धि अनुगमन र स्वास्थ्यमा ध्यान दिने नगरपालिकाका सिनियर अनमी हेमा ज्ञवाली बताउँछिन्। “स्वास्थ्यका क्षेत्रमा आमा समूह गठन गरेर धेरै वर्ष काम गर्यौँ, समाजले बनाएको गलत अभ्यासका कारण पुरुष घरायसी काममा सहभागी नहुँदा बालबच्चा र आमाको पोषण सुधार भएन”, ज्ञवालीले भने, “त्यसैले नगरपालिकाले विशेषगरी स्वास्थ्यमा हुने लैङ्गिक असमानता हटाउन समुदायका रहेका जेसी च्याम्पियन ९लैङ्गिक समावेशीकर्ता०लाई बुवा समूह गठन गर्न भनेको हो, हामी अब स्वास्थ्य समस्याका कुरा पुरुषसँग छलफल गर्ने भएका छौँ।”

पोषण सुधारका अभियानकर्मी नरबहादुर विश्वकर्मा पोषण सुधारका लागि लैङ्गिक विभेद अन्त्य नभएसम्म आमा र बच्चाको स्वास्थ्य राम्रो नहुने भएकाले यसो गर्न आवश्यक रहेको बताउँछन्। टीकापुर–४ मौरनीयाका गङ्गाराम चौधरी घरको सबै काममा सघाउँछन्। “म भाँडा धुने, खाना पकाउने, लुगा धुने सबै काम गर्छु, जसका कारण घर मिलेको छ”, उनले भने।

टीकापुरकै कालिका चौधरीले पहिला बच्चा साना हुँदा श्रीमानले केही काम नगर्दा निकै दुःख पाएको सम्झिइन्। काम बराबरी गर्नुपर्छ भन्ने बुझेपछि कालिकाका श्रीमान् आजभोलि भने उनलाई घरको सबै काममा सघाउँछन्।

टीकापुर–४ का भिखुलाल चौधरीको एउटा बच्चा दीर्घरोगी छ। श्रीमती गर्भवती हुँदा राम्रो स्याहार नपाएका कारण बच्चा रोगी भएको हो जस्तो भिखुरामलाई लाग्छ। “मलाई निकै पछुतो लाग्छ, मेरो श्रीमती गर्भवती हुँदा राम्रो खानपान र वातावरण भएको भए बच्चा स्वस्थ हुन्थ्यो होला”, उनी भन्छन्, “बच्चा स्वस्थ बनाउन नसकेपछि म बदलिएको छु, आजभोलि घरमा सबै काममा सघाउँछु।”

त्यस्तै टीकापुर–६ का ओमलाल सुनारलाई पनि श्रीमती गर्भवती हुँदा, सुत्केरी हुँदा स्याहार गर्न नपाएकामा पछुतो लाग्छ। गर्भावस्था तथा सुत्केरी बेला स्याहार नगरेका कारण उनकी श्रीमतीको स्वास्थ्य कमजोर छ।


१३ फागुन २०७८, शुक्रवार ०९:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु