आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घट्यो
आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार प्रतितोला ९६ हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज ९६ हजार २०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज तेजाबी सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, चाँदीको मूल्य पनि आज तोलामा ५ रुपैयाँ घटेको छ । हिजो प्रतितोला १३०५ रुपैयाँ रहेको चाँदीको मूल्य प्रतितोला १३०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ ।
९ फागुन २०७८, सोमवार ११:२० बजे प्रकाशित












