आइसिसी टी-२० विश्वकप: क्यानडाविरुद्ध खेल्दै नेपाल
ओमानमा जारी आइसिसी टी-२० विश्वकप ग्लोबल छनोटमा आज नेपालले क्यानडाविरुद्ध खेल्दैछ । यी दुई टोलीबीचको खेल अपरान्ह पौने चार बजेदेखि अल अमरेत क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
आजको खेलले नै सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लाग्नेछ । समूह ‘बी’मा रहेको नेपालले यसअघिको दुई खेलमा लगातार जित हात पारेको छ । पहिलोमा ओमानलाई ३९ र दोस्रो खेलमा फिलिपिन्सलाई १३६ रनले हराउँदै नेपाल अंक तालिकाको शीर्ष स्थानमा छ ।
क्यानडालाई हराए नेपाल समूह विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाउने छ । झिनो अन्तरले पराजित भएमा पनि नेपालले सेमिफाइनलको यात्रा गर्ने पक्का जस्तै छ । क्यानडाले भने सेमिफाइनलमा स्थान बनाउन नेपाललाई फराकिलो अन्तरले हराउनुपर्नेछ ।
९ फागुन २०७८, सोमवार ०९:४९ बजे प्रकाशित












