कञ्चनपुरको एक होटलबाट ८ जना जुवाडे पक्राउ

कञ्चनपुरमा जुवा खेलीरहेका ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका-४ बसपार्कको एक होटलमा जुुवातास भइरहेको गोप्य सूचनाका आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-४ बस्ने ३० वर्षीय महेशसिंह धामी, २३ वर्षीय खेमराज जोशी, २७ वर्षीय शिवासिह बस्नेत, २० वर्षीय भरत सिह, भीमदत्त नगरपालिका-८ बस्ने २६ वर्षीय चक्र चन्द, वडानम्बर १ बस्ने २८ वर्षीय केशव साउँद, २९ वर्षीय राजेश पन्तर होटल सञ्चालक ३२ वर्षीय वीरेन्द्र सिंह रहेका छन् ।

उनीहरूको साथबाट ७९ हजार पाँच सय रुपैयाँ र तासको गड्डीसमेत बरामद गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


९ फागुन २०७८, सोमवार ०९:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु