कैलालीमा मिनीट्रक दुर्घटना हुँदा १२ जना घाइते
कैलालीमा मिनीट्रक दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्लाको गौरीगंगा नगरपालिका–१० गणेश सामुदायिक वनस्थित हसुलिया बडैपुर सडकखण्डमा हसुलियाबाट धनगढी आउँदै गरेको सुपप्र ०१००१ क २०२७ नम्बरको मिनीट्रक आइतबार साँझ पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार जोशीपुर गाउँपालिका–४ का ३४ वर्षीय गुलाब चौधरीले चलाएको सो ट्रक दुर्घटनामा भएको हो । दुर्घटनामा ट्रकमा सवार गौरीगंगा–७ की ५५ वर्षीया रामकलीया चौधरी, ५० वर्षीया छडनी चौधरी, ५० वर्षीया कालीचरण चौधरी, ३३ वर्षीय रविन्द्र चौधरी र जनक चौधरी घाइते भएका छन्।
यस्तै दुर्घटनामा ५ वर्षीया भागरथी चौधरी, १२ वर्षीय सोम चौधरी, १५ वर्षीय अनिल चौधरी, १७ वर्षीया ममता चौधरी, २२ वर्षीय अर्जुन चौधरी, ३२ वर्षीया रंगीना चौधरी र ३७ वर्षीय राजाराम चौधरी घाइते भएका छन्। उनीहरुको मसुरियामा उपचार भइरहेको छ ।
९ फागुन २०७८, सोमवार ०९:३३ बजे प्रकाशित












