नेपाल बैंकबाट निकालेको हजारको नोट नक्कली

नेपाल बैंक लिमिटेड लहान शाखाबाट निकालेको एक हजारको एउटा नोट नक्कली फेला परेको छ । नवराजपुर गाउँपालिका घर भएका पत्रकार जयनाथ यादवले बैंकबाट ३७ हजार रुपैयाँ निकालेका थिए । जसमा एउटा हजारको नोट नक्कली रहेको उनले बताएका छन् । उनका अनुसार हजार रुपैयाँको उक्त नोटको रंग समेत फरक छ।
नोट नक्कली जस्तो लागेपछि सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीलाई जानकारी गराएको उनको भनाइ छ ।

बैंकबाटै निकालेको रुपैयाँ नक्कली हुनु गम्भीर विषय भएको सुरक्षा अधिकारी बताउँछन् । बैंक प्रमुख सुरेन्द्र यादवले आवश्यक छानबिन गर्ने बताए ।  नोट फेला परेपछि राष्ट्रिय बाणिज्य बैंकमा बुझाउने गरेको र आवश्यक छानबिनसमेत हुने गरेको उनको भनाइ छ ।उनले सात महिना अगाडि पनि नक्कली नोट फेला परेको बताए ।


९ फागुन २०७८, सोमवार ०९:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु