punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सोमालियामा आत्मघाती बम विष्फोट: १४ जनाको मृत्यु

Chaupati
safha napa

सोमालियामा संसदीय निर्वाचनको पूर्वसन्ध्यामा भएको आत्मघाती बम आक्रमणमा १४ जनाको मृत्यु भएको छ । यस्तै  १६ जना घाइते भएका छन् ।

सोमालियाको बेलेडवेन शहरको एक रेष्टुरेन्टमा शनिबार बम विष्फोट भएको थियो । यो विष्फोटमा सुरुमा १० जनाको मृत्यु भएको भनिए पनि अहिले मृतकको संख्या १४ पुगेको द गार्जियनले जनाएको छ । सोमालियामा संसदीय निर्वाचनको पूर्वसन्ध्यामा बम विष्फोट भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आक्रमणको जिम्मा आतंकवादी समूह अल शबाबले लिएको छ । उसले विज्ञप्ति जारी गरी आफ्नो एक लडाकुले बम विष्फोट गराएको जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार हसन धिफ रेष्टुरेन्टको खुला क्षेत्रमा बसेर मानिसहरुले खाने कुरा खाइरहेको बेला बम विष्फोट भएको थियो ।

 


८ फागुन २०७८, आइतवार ११:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु