punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले अध्यक्ष ओलीसहित पाँच नेताविरुद्ध अख्तियारमा उजुरी

Chaupati
safha napa

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताविरुद्ध नेकपा एसका विद्यार्थीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । विहीबार तत्कालीन प्रधानमन्त्री ओली र उनको क्याबिनेटमा रहेका ईश्वर पोखरेल, योगेश भट्टराई, पद्मा अर्याल र भानुभक्त ढकालविरुद्ध पार्टीनिकट विद्यार्थी संगठन अ‍नेरास्ववियूले उजुरी दर्ता गरेको हो । उजुरीको दर्ता नम्बर सी-०२८०५५ रहेको छ ।

उजुरीपत्रमा झापा जिल्लास्थित गिरीबन्धु टी स्टेटको नाममा विर्तामोड र अर्जुनधारामा रहेको कबिर ३०० बिघा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गरी ओली र अर्यालले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाइएको छ । त्यस्तै कोरोना महामारीको समयमा ओम्नी ग्रुपसँग मिलेमतो गरी स्वास्थ्य सामग्री खरिद प्रक्रियामा तत्कालीन सीसीएमसीको संयोजक हैसियतमा पोखरेल र स्वास्थ्य मन्त्री ढकालले भष्टाचार गरेको आरोप लगाइएको छ।

नेपाल भ्रमण वर्षका नाममा प्रचारप्रसारको लागि भन्दै राज्यकोषको करोडौं रकम तत्कालीन संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले अपचलन गरेको आरोप उजुरीमा छ ।


५ फागुन २०७८, बिहीवार १४:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु