फेरी बढ्यो सुनको मुल्य, आज तोलाको कति ?

आज सुनको मुल्य फेरि बढेको छ । आज तोलामा सुन एक हजार रुपैयाँले बढेर ९६ हजार एक सय रुपैयाँमा पुगेको छ।

हिजो तोलामा सुन १६ सय रुपैयाँले घटेको थियो ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउमा उतारचढाव आएकाले नेपाली बजारमा पनि भाउ घटबढ भएको हो।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


५ फागुन २०७८, बिहीवार १२:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु