ब्राजिलमा पहिरो तथा भलबाढीका कारण कम्तीमा ९४ जनाको मृत्यु

ब्राजिलमा पहिरो तथा भलबाढीका कारण कम्तीमा ९४ जनाको मृत्यु भएको छ। ब्राजिलको पेत्रोपोलिसमा पहिरो तथा भलबाढीले ठूलो क्षति गरेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

रियो दी जेनेरियोको उत्तरी क्षेत्रको पहाडी इलाकामा पर्ने पेत्रोपोलिस बजार पहिरोका कारण प्रभावित भएको छ। मुसलधारे वर्षाका कारण सो क्षेत्रमा पहिरो तथा भलबाढी आएको स्थानीय अधिकारीले बताएका छन्।

पेत्रोपोलिस सहरका मेयरले आपतकालीन अवस्था घोषणा गरेका छन्। पहिरो तथा बाढीको लेदोमा पुरिएकाहरुको खोजी तथा उद्धारको काम जारी रहेको छ। २४ जनाको जीवितै उद्धार गरिएको ब्राजिलको नेशनल सिभिल डिफेन्सले जनाएको छ। खोजी तथा उद्धारका लागि १८० जनाभन्दा बढी सैनिक रहेको विशेष टोली बनाइएको छ।


५ फागुन २०७८, बिहीवार ११:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु