मुसिकोटमा अज्ञात समूहद्धारा एम्बुलेन्समा आगजनी

गुल्मीको मुसिकोटमा अज्ञात समूहले एम्बुलेन्समा आगजनी गरेको छ । मुसिकोट नगरपालिका वडा नं ४ स्थित आफ्नै घरमा रोकेर राखेको लु २ च २३७८ को एम्बुलेन्समा मंगलबार राति साढे १० बजे आगजनी भएको एम्बुलेन्स चालक शंकर बगालेले जानकारी दिए ।

वडा नम्बर ३ र ४ का भारतीय भूतपूर्व सैनिकले एम्बुलेन्स खरिद गरेर वडा गाउँ स्वास्थ्यचौकीलाई दिएका थिए । आगलागीबाट एम्बुलेन्सको इन्जिनको भाग पूरै जलेको छ ।

 


४ फागुन २०७८, बुधवार ०९:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु