आज प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसी टेबल गर्ने तयारी
;+3Lo ;+;b ejg
sf7df8f}F gofF afg]Zj/l:yt ;+3Lo ;+;b ejg . ef]ln z'qmaf/ /fi6«klt ljBfb]jL e08f/Ln] oxL ejgaf6 ;/sf/sf] cfj @)&^/)&& sf] gLlt tyf sfo{qmd k|:t't ug]{ to ePsf] 5 . t:jL/ M /Tg >]i7, /f;;
आज प्रतिनिधिसभा बैठक बस्दैछ । सरकारले आजको संसद् बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) टेबल गर्ने तयारी गरेको छ । बैठक दिउँसो १ बजे बस्दैछ ।
संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश गरिएको छैन ।
यद्यपि संसद बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची संशोधन गर्ने सम्भावना छ। यसअघि सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेताहरुले कार्यसूचीमा एमसीसी थपिने र सभामुख पनि त्यसका लागि तयार रहेको प्रतिक्रिया दिइसकेका छन्।
कांग्रेसको मंगलबार सम्पन्न केन्द्रीय कार्यसम्पादन बैठकले एमसीसीलाई संसदमा टेबल गर्नुपर्ने निस्कर्ष निकालेको थियो । प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले पनि सभामुखले एमसीसी रोक्न नमिल्ने बताइसकेका छन् ।
४ फागुन २०७८, बुधवार ०९:०० बजे प्रकाशित













