लिटल फ्लावर प्रिमियर लिग: अत्तरिया एभरेस्ट र लम्कीको गुरुकुल विजयी
धनगढीमा जारी धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग यु–१९ विद्यालय स्तरीय टि–ट्वान्टी प्रतियोगिताको दोस्रो दिनका खेलमा एभरेस्ट एकेडेमीअत्तरिया र गुरुकुलइंगलिश स्कुललम्कीले विजयी सुरुवात गरेका छन् ।
आज भएको पहिलो खेलमाएभरेस्ट एकेडेमीअत्तरियाले होलिल्याण्ड इंगलिश स्कुलअत्तरियालाई ९ विकेटले पराजितग¥यो ।धनगढी स्थित सङ्घीय प्रहरीको खेल मैदानमा सम्पन्न खेलमाहोलिल्याण्डले दिएको ६३ रनको लक्ष्यएभरेस्टले ७।५ ओभरमा १ विकेट क्षतिमा भेटायो ।
एभरेस्टको ब्याटिङमा २८ बलको सामना गरेका योगेश भाटले ३ चौका र ४ छक्काको मद्दतले सर्वाधिक ४२ रन जोडे । उसका सन्दीप बिस्टले १२ रन बनाए ।
यस अघि टस जितेर ब्याटिङ गरेको होलिल्याण्डले १०।६ ओभरमा सबै विकेट गुमाएर ६२ रन मात्रे बनाउन सक्यो । होलिल्याण्डका सन्दीपऔजीले १६ तथाअभिषेक पालले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहेन ।
एभरेस्ट एकेडेमीका लेग स्पिनर कृश ऐरले सर्वाधिक ५ विकेट लिए । १ मेडन ओभर सहित ३ ओभर बलिङ गरेकाउनले ११ रन मात्रखर्चिए । यस्तै गोविन्द बिस्टले दुई तथादीपक रोकायाले एक विकेट लिए । खेलको प्लेयर अफ द म्याचएभरेस्ट एकेडेमीका कृश ऐर घोषित भए । उनले दुई हजार रुपैयाँप्राप्त गरे ।
आजै सम्पन्न दोस्रो खेलमा गुरुकुलइंगलिश स्कुललम्कीले स्टेपिंग स्टोन स्कुल धनगढीलाई पराजितग¥यो । गुरुकुलले दिएको १८६ रनको लक्ष्य पछ्याएको स्टेपिंग स्टोनले १५.५ ओभरमाअल आउट हुँदै ५६ रन मात्रे बनाउन सक्यो । स्टेपिंग स्टोनको लागिअभिषेक कुँवरले सर्वाधिक ११ रन बनाए । गुरुकुलका बलर समीर रानाले तीनविकेट लिएभने बसिर अहमद र विशाल केसीले समानदुई विकेट लिए । यस अघि टस हारेर ब्याटिङ गरेको गुरुकुल स्कुलले निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा १८५ रन बनाएको थियो ।
गुरुकुलको ब्याटिङमा नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीका खेलाडी समेत रहेकाबशिर अहमदले सर्वाधिक ४१ रन बनाएजुन । उनले २९ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै टिमका लागि सर्वाधिक रन जोडे । यस्तै य–१९ राष्ट्रिय टिमका कप्तान समेत रहेका देव खनालले ३९ र विशाल विक्रम केसीले ३७ रन बनाए ।
दिनेश अधिकारीले १६ र कृश कार्कीले १५ रन योगदानदिए । स्टेपिंग स्टोनका बलर सागर भण्डारीले दुई विकेट तथाअभिषेक कुँवर, वीरेन्द्र चन्द र दिनेश ओडले समान एक विकेट लिए । खेलको प्लेयर अफ द म्याच बशिर अहमद घोषित भए जसले दुई हजार रुपैयाँप्राप्त गरे ।
३ फागुन २०७८, मंगलवार १९:३२ बजे प्रकाशित













