सुदूरपश्चिम प्रदेशमा मंगलबार थप २४ जनामा कोरोना पुष्टि
सुदूरपश्चिम प्रदेशमा मंगलबार थप २४ जनामा कोरोना पुष्टि भएको छ । यस्तै ४२ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ९०३ जनाको नमुना परीक्षण गर्दा थप २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।
निर्देशनालयका अनुसार ८०८ नमुना एन्टिजेन परीक्षण गर्दा १६ जना र ९५ नमुना पिसिआर परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको हो । यस्तै भारतबाट फर्किएका ६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा एक हजार ९१ जना भारतबाट स्वदेश फर्किएका छन् ।
यस्तै सोही अवधिमा यक जनाको मृत्यु भउको छ । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर ७ का ६८ बर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ ।
३ फागुन २०७८, मंगलवार १९:१९ बजे प्रकाशित













