punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री देउवाले भने- भोलिको संसद बैठकमा एमसीसी टेबुल हुन्छ

Chaupati
safha napa

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) टेबुल हुने बताएका छन् । कांग्रेस संसदीय दलको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी सदनमा पेस गर्ने सहमति सत्तारुढ दलहरूबीच लगभग भइसकेको जानकारी गराएका हुन् ।

एमसीसी सदनमा लैजान माधव नेपाल सकारात्मक हुनुहुन्छ । प्रचण्डको अझै भर छैन, सल्लाह हुँदैछ । मैले सभामुख सापकोटाजीसँग पनि कुरा गरेँ । भोलि सदनमा पेस हुन्छ’, बैठकमा प्रधानमन्त्री देउवाले भने ।

यसैबीच, कांग्रेस संसदीय दलको बैठकले एमसीसी परियोजना सदनबाट पारित गर्न सबै राजनीतिक दलहरूलाई आह्वान गर्ने निर्णय गरेको छ । बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग पनि पारित गर्न आह्वान गर्ने निर्णय गरेको छ । यसअघि प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई टेलिफोन गरेर संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक डाक्न आग्रह गरेका थिए ।

भोलिको संसद बैठकमा एमसीसी टेबुल गर्न कांग्रेसले कार्यव्यवस्था बैठकको माग गरेको हो । सभामुख सापकोटाले बैठक बोलाउन आनाकानी गरेको विषयमा सांसदहरूले प्रश्न उठाएपछि कांग्रेस संसदीय दलको बैठक चलिरहेकै बेला हलबाट बाहिर निस्केर देउवाले फोन गरेका थिए ।

 


३ फागुन २०७८, मंगलवार १५:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु