punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु, दुईजना घाइते

Chaupati
safha napa

मुग्लिन–नारायणगढ सडकखण्डमा आज ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा दुईजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका १८ भुवनबस्तीकी ३१ वर्षीया अम्बिसा गुरुङ रहेकी छन्। घाइते हुनेमा उनका श्रीमान् ३५ वर्षीय मीनराज र छोरी ९ वर्षीया खुस्बु रहेकी छन्।

कार्यालयका अनुसार मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना ७ ख ८१४१ नंको तेल बोक्ने ट्याङ्करले नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ३२ प ८२४८ नंको मोटरसाइकललाई जलबिरेमा ठक्कर दिएको थियो। अम्बिसाको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। घाइते दुईजनाको उपचार भइरहेको छ।


३ फागुन २०७८, मंगलवार ०९:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु