punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गुण एयरलाइन्सको जहाजमा ‘लाटोकोसेरो’ ठोक्कियो : बच्यो ३३ जनाको ज्यान

Chaupati
safha napa

काठमाडौंका लागि यात्रु लिएर उडेको गुण एयरलाइन्सको जहाजमा लाटोकोसेरो ठोक्किएको पुष्टि भएको छ। धावनमार्ग छाड्ने क्रममा लाटोकोसेरो ठोक्किएपछि ३० सिटे जहाजलाई आइतबार साँझ विराटनगर फर्काइएको थियो।
विमानस्थल प्रमुख उत्सवराज खरेलका अनुसार लगभग साँझ ६:३० बजेतिर उडेको जहाज लाटोकोसेरो ठोक्किएपछि गन्तव्यसम्म पुग्न सकेन। लगभग ५ मिनेटजति उडेपछि पुनः फर्काएर चालक दलका सदस्यले जाहाजलाई सुरक्षित साथ अवतरण गराए।

जहाजमा ३० जना यात्रु र ३ जना चालक दलका सदस्यसहित ३३ जना रहेको खरेलले बताए। उनीहरु सबै सकुशल छन्। जहाजमा ठूलो क्षति पुगेको देखिएको छैन। लाटोकोसेरो भने मरेको छ।

 


३ फागुन २०७८, मंगलवार ०९:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु