पाँच थान भरुवा बन्दुकसहित एक जना पक्राउ
कपिलवस्तुमा ५ थान भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । वाणगंगा नगरपालिका – ९ चौवाका ६० वर्षीय रामसमुज थारुलाई ५ थान भरुवा बन्दुकसहित आइतबार प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले थारुको घर तलासी गर्दा प्लास्टिकले छोपी राखेको अवस्थामा उक्त बन्दुक समेत बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथी थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
२ फागुन २०७८, सोमवार १२:४८ बजे प्रकाशित































