दीपककुमार कार्की बने कायममुकायम प्रधानन्यायाधीश
सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बनेका छन् ।
संघीय संसद सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी स्वतः निलम्बित भएपछि कार्की पनि स्वतः कामुप्रधानन्याधीश बनेका हुन् ।
कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदले आइतबार बिहान संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।
१ फागुन २०७८, आइतवार २०:१० बजे प्रकाशित































