punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विश्वभर कोरोनाका नयाँ सङ्क्रमित थपिनेभन्दा निको हुने दर बढ्यो

Chaupati
safha napa

विश्वभर कोरोनाका नयाँ सङ्क्रमित थपिनेभन्दा निको हुने दर बढेको छ। पछिल्लो २४ घण्टामा २३ लाख नयाँ सङ्क्रमित थपिँदा २५ लाख ५९ हजार निको भएका छन्।

कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार अहिलेसम्म विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ४० करोड ५९ लाख नाघेको छ। जसमध्ये ३२ करोड ५७ लाख निको भएका छन् भने ५८ लाख ६ हजारको मृत्यु भएको छ।

पछिल्ला २४ घण्टामा मात्रै कोरोनाले ९ हजार ९ सयको मृत्यु भएको छ। अझै पनि ७ करोड ४४ लाख सक्रिय संक्रमित रहेकामा शून्य दशमलव १ प्रतिशत अर्थात् ८९ हजारको अवस्था जटिल रहेको छ।


२८ माघ २०७८, शुक्रवार ०९:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु