अछामका २ युवक ब्राउनसुगरसहित पक्राउ

अछामका २ युवक ब्राउनसुगरसहित पक्राउ परेका छन्। बाँके प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बाट ५२ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित दुइ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा अछाम तुर्माखाँद घर भइ हाल नेपालगञ्ज बसपार्कमा बस्ने १८ वर्षका प्रेम चलाउने र अछाम पञ्चदेव घर भइ हाल नेपालगञ्ज बसपार्कमा बस्ने १८ वर्षका गौरव विष्ट रहेका छन्। दुवै जनामाथि थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।


२७ माघ २०७८, बिहीवार २०:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु