महोत्तरी पिपराका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीका एक वडा अध्यक्ष बिरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
पिपरा गाउँपालिका–५ का वडाध्यक्ष शम्भुप्रसाद यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । जिल्लाको तत्कालीन सहोडवा गाविस–१ हाल पिपरा गाउँपालिका–५ का वडाध्यक्ष यादवले स्थानीय सुब्बा पोखरी हकभोग गरेबापत गाविस कार्यालयलाई ठेक्काबापतको बुझाउनुपर्ने रकम नबुझाई आफूलाई गैरकानूनी लाभ पु¥याई बदनियतपूर्वक सार्वजनिक सम्पत्ति नोक्सानी गरेकाले उनीविरुद्ध रु ३५ लाख २१ हजार २०४ मागदाबी लिई विशेष अदालतमा आज मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

साविकको सहोडवा गाविस–६ मा पर्ने सुब्बा पोखरीको तत्कालीन गाविस कार्यालयले २०७१ साल भदौ १ गतेदेखि २०७६ साल भदौ मसान्तसम्मको ठेक्का बन्दोबस्त हुँदा पोखरी हकभोगको ठेक्का यादवको नाममा स्वीकृत गरेको तर निजले पोखरी हकभोग गरेबापत गाविस कार्यालयलार्ई रकम नबुझाएको भन्ने उजुरी उनीविरुद्ध परेको थियो।


२७ माघ २०७८, बिहीवार २०:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु