punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कहिले बन्ला झुलाघाट पुल ?

‘सूर्य पनि अस्ताउन मात्र सुदूरपश्चिम आउँछ भनेजस्तै भयो, पाँच पटकसम्म यही गाउँठाउँका नेता प्रधानमन्त्री भए तर हाम्ले केही पाएनौं’

Chaupati
safha napa

बैतडी सदरमुकामलाई पारि भारतको उत्तराखण्डसँग जोड्ने बजार हो, झुलाघाट । यो पहाडी क्षेत्रमा सीमा वारिपारि गर्ने एक मात्र माध्यम वर्षौं पुरानो झोलुंगे पुल छ । झुलाघाटमा महाकाली नदीमाथिको पुलबाट नेपाल–भारत आउजाउ गर्नेहरू हिँड्छन् । भारतमा अंग्रेज शासन छँदाकै बेला बनेको मानिने पुल अझै दह्रो छ । तर यसबाट सवारी ओहोरदोहोर गर्न मिल्दैन ।

झुलाघाट सुदूरपश्चिमको सबैभन्दा पुरानो नाका हो । यो नाकाबाट सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेलधुरा, बझाङ, बाजुरा, दार्चुला, अछामसँगै मध्यपश्चिमका हुम्ला, डोल्पा, जुम्ला, जाजरकोटलगायत जिल्लाका बासिन्दाको भारतको उत्तराखण्ड बाक्लो आवतजावत हुन्थ्यो । अहिले पनि सुदूरपश्चिमका पहाडीसँगै मध्यपश्चिमका केही जिल्लाका बासिन्दा यही बाटो भएर भारत आउजाउ गर्छन् ।

भारतबाट दैनिक उपभोग्य सामग्री नुनदेखि विभिन्न सामान ल्याउन यस क्षेत्रका बासिन्दा झोलुंगे पुलबाटै ओहोरदोहोर गर्छन् । ‘यही पुल वारपार गर्दै हाम्रा बाबुबाजेले जिन्दगी बिताएका हुन्,’ दशरथचन्द–४ का बासिन्दा नेपाली सेनाका पूर्वअमल्दार ७५ वर्षीय नरसिंह कार्कीले भने, ‘बैतडी मात्र नभएर सुदूर र मध्यपश्चिमको जिल्लाका बासिन्दाको भारत ओहोरदोहोरको सजिलो बाटो हो ।

महिनौं पैदल हिँडेर झुलाघाट पुगी यही बाटो भएर भारत जान्थे । कमाइ गरेर ल्याउँथे ।’ डेढ दशकअघिसम्म झुलाघाट निकै भीडभाड हुने नाका थियो । यो नाकामा आवागमन सहज बनाउन सडक र मोटरेबल पुल बनाउन सरकारको ध्यान गएन ।

गाडी आवतजावत नगर्ने भएकाले झुलाघाटबाट आउजाउ पातलिएको उनी बताउँछन् । झुलाघाटभन्दा पछि सञ्चालनमा आएका नाकाहरूमा आवतजावत बढ्दै गएको छ । सबैभन्दा पुरानो नाका स्तरोन्नतिको नहुँदा साँघुरो बनेको कार्कीले बताए ।

महाकाली भन्सार अहिले सुनासान छ । पक्की पुल नबन्दा नाका सुस्ताएको यहाँका स्थानीय बताउँछन् । पुल बनाउन कसैले चासो नदिएको उद्योग वाणिज्य संघ बैतडीका उपाध्यक्ष खिमानन्द भट्टको भनाइ छ ।

‘सूर्य पनि अस्ताउन मात्र सुदूरपश्चिम आउँछ भने जस्तै भएको छ । पाँच पटकसम्म यही प्रदेशका बासिन्दा प्रधानमन्त्री भए । तर पहाडी जिल्लालाई हेर्ने दृष्टिकोण फेरिएन,’ उनले भने, ‘हाम्रो आवाजलाई कसैले सुनिदिएन । अहिलेसम्म मोटरेबल पुल पनि बन्न सकेन ।

पुल बन्ने आश्वासन मात्र पाएको र बनाउन कसैले चासो नदिएको भट्टले गुनासो गरे । पक्की पुल निर्माणका लागि दबाब दिन २०७६ चैतमा बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दको नेतृत्वमा २१ दिने रिले अनशन पनि पनि भयो । अनशन तोडाउन नेताहरूले पुल बनाउने आश्वासन दिएर चुवानी नारा बनाए पनि अहिलेसम्म सुरसार नभएको भट्टले बताए ।

संघ अध्यक्ष चन्दले भने, ‘काठमाडौं केन्द्रित आन्दोलन गर्ने कार्यक्रम थियो, त्यहीबेला लिपुलेकको मुद्दा आयो, फेरि कोरोना आयो । यो सम्भव हुन सकेन । अनशन तोडाउँदा सबैले पुल बनाउने आश्वासन मात्र दिए । बनाउन कसैले पहल गरेनन् ।’

झुलाघाट र बैतडीको तल्लो स्वराड क्षेत्रमा पर्ने पञ्चेश्वर गाउँपालिकालाई भारतसँग जोड्न महाकालीमा मोटरेबल पुलको माग नयाँ होइन । निर्माणसम्बन्धी प्रक्रियागत कागजपत्र जिल्लाबाट पुर्‍याउँदा पनि परराष्ट्र मन्त्रालयले चासो नदिएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । ‘बैतडीवासीले पुलका लागि आवाज उठाएको वर्षौं भइसक्यो, सरकारले चासो नदिनु भनेको लाजको विषय भएको छ,’ उनले भने ।कान्तिपुरबाट


२३ माघ २०७८, आइतवार ०९:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु