punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रूखले च्यापिएर ३ जनाको मृत्यु

Chaupati
safha napa

मधेश प्रदेशमा हावाहुरीले ढालेको रूख र घरमा च्यापिएर तीन जनाको मृत्यु भएको छ । धनुषाको सबैला नगरपालिका—१२ स्थित फकीरचन्द उच्च माविको प्राङ्गणमा हावाहुरीले रूख ढल्दा ८ वर्षीया प्रतीमाकुमारी सदा र ७ वर्षीय अरबिन्द सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शुक्रवार मध्याह्न १२ बजेको समयमा विद्यालयको प्राङ्गणमा खेलिरहेको बेला मसलाकाठको रूख ढल्दा उनीहरू च्यापिएका थिए । मृतक प्रतीमाको घटनास्थलमै मृत्यु भएको थियो भने अरबिन्दको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, रौतहटको बौधीमाई नगरपालिका—१ मा घर भत्किँदा ४५ वर्षीया फुलमतीया देवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


२१ माघ २०७८, शुक्रवार १५:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु