punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मूल्यवृद्धिको बिरोध– अनेरास्ववियूले कैलालीमा आज सरकारी गाडी चल्न नदिने

Chaupati
safha napa

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको बिरोधमा आज कैलालीमा सरकारी सवारी साधन संचालनमा रोक लगाइने भएको छ ।

मूल्यवृृद्धिको विरोधमा आन्दोलनरत अनेरास्ववियू कैलाली जिल्ला कमिटीले सरकारी नम्बरका प्लेटका सवारी साधनलाई चल्न नदिने
जनाएको छ ।

‘देशैभार विरोध कार्यक्रम छ,’ अनेरास्ववियु कैलालीका अध्यक्ष किशोर शाहले भने ‘विरोध कार्यक्रमको अवज्ञा गरेर सवारी चलाएमा हामी साँचो नियन्त्रणमा लिन्छौं ।’

मूल्यवृद्धि फिर्ताको माग राख्दै ज्ञापन पत्र बुझाउनेदेखि शान्तिपूर्ण र्यालीको आयोजना गर्दा पनि सरकारले चासो नदिएको शाहले बताए ।

‘अहिले जनता कोरोना कहरले आक्रान्त भएका छन् यस्तो बेला सरकारले राहत दिनु पर्ने हो,’ उनले भने ‘राहत दिनु पर्ने सरकारले आहत दिएपछि हामी आन्दोलनमा उत्रिएका हौं ।’ मूल्यवृद्धि फिर्ता नहुँदासम्म चरणबद्ध आन्दोलन गर्ने उनले बताए ।

 


२१ माघ २०७८, शुक्रवार ०८:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु