सुदूर पहाडमा बाक्लो हिमपात

सुदूरपश्चिमको पहाडी जिल्लामा बाक्लो हिमपात सुरु भएको छ। मौसममा आएको परिवर्तनसँगै आज बिहीबार अपरान्हदेखि उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो।

डडेल्धुरा, बैतडी, बझाङका र डोटीका पहाडी क्षेत्रमा हिमपात भइरहेको स्थानीयले बताएका छन्। डडेल्धुराको साहुखर्क, डोटीको हगुल्टे लेक, बैतडीको खोड्पे, बझाङको देउलेक क्षेत्रमा भारी हिमपात भइरहेको जानकारी प्राप्त भएको छ।

यो वर्ष लगातारको वर्षा र हिमपातले माघ सकिनै लाग्दासमेत अझै पनि चिसो कम हुन सकेको छैन। वर्षा र हिमपातले अत्यधिक चिसो बढ्दा बाहिर निस्कनसमेत समस्या भइरहेको बझाङका रमेश बोहराले बताए। हिमपातका कारण पहाडी क्षेत्रमा अत्यधिक चिसो बढेको छ।


२० माघ २०७८, बिहीवार १७:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु