punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ट्राफिक प्रहरीलाई ५ थान ‘हुईल लक’ सहयोग

Chaupati
safha napa

कैलालीको धनगढी उप-महानगरपालिका वडा न-३ चटकपुरमा रहेको बसन्त कलासिक अटोमोटिभसले जिल्ला ट्राफिक प्रहरीलाई ५ थान हुईल लक सहयोग गरेको छ ।

बिहीबार धनगढी बजार क्षेत्रमा भई रहेको अव्यवस्थित पार्किङ व्यवस्थापनलाई चुस्त दुरुस्त राख्न प्रविधियुक्त ट्राफिक व्यवस्थापन गरी दुर्घटना न्यूनीकरण गर्नुको साथै सवारी आवागमनमा सहजता होस् भन्ने उद्देश्यले हुईल लक सहयोग गरिएको हो ।

एक समारोहका बिच बसन्त कलासिक अटोमोटिभसका सञ्चालक भुवन भट्ट र ब्रान्च म्यानेजर गोकुल अवस्थीले जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख प्रहरी निरीक्षक वकिल बहादुर सिंहलाई सो सामाग्री हस्तान्तरण गरेका हुन् ।

साथै, प्रविधियुक्त ट्राफिक व्यवस्थापन गर्न हुईल लक सहयोग गरेकोमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सहयोगी कलासिक अटोमोटिभस परिवारलाई धन्यावाद ज्ञापन गरेको छ ।


२० माघ २०७८, बिहीवार १७:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु