punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कालोमोसो दल्नेलाई कारबाही नगरे आन्दोलनमा उत्रिने चेतावनी, सीडीओलाई ज्ञापनपत्र

Chaupati
safha napa

कैलालीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले सहायक वन अधिकृतलाई कालोमोसो दलेको घटनामा संलग्न व्यक्तिलाई कारबाहीको माग गर्दै कर्मचारी सम्बद्ध विभिन्न संघ–संगठनहरुले कारबाहीको माग गरेका छन् ।

जिल्लाको पचमुडिया सब–डिभिजन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई नेकपाका कार्यकर्र्ताले सोमबार कालोमोसो दलेको थियो ।

विभिन्न ९ वटा कर्मचारी संगठनहरुले उक्त घट्नामा संलग्न व्यक्तिलार्ई कारबाहीको माग गर्दै मंगलबार प्रमुख जिल्ला अधिकासी किरण थापालाई ज्ञापन पत्र बुझाएका छन् ।

गैह्रकानुनी, अमानवीय र घृणित कार्यको हामी घोर निन्दा गर्दै दोषीलाई कडा कानुनी कारबाहीका लागि सरकारसंग जोडदार माग गर्दछौं विज्ञप्तिमा भनिएको छ ।

दोषीलाई कानुनी कारबाहीको नल्याएमा थप आन्दोलनका कार्यक्रमसहित अगाडि बढ्ने निजामती कर्मचारीहरुको आधिकारी ट्रेड युनियन कैलालीका अध्यक्ष बिमल जोशीले चेतावनी दिए । ।


१८ माघ २०७८, मंगलवार १५:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु