punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महाकाली पुलको कामले किन लिएन गति ?

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशकै ठूलो आयोजनामध्येमा पर्ने कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलको काम साढे तीन महिनायता प्रभावित छ । गत कात्तिक पहिलो साता महाकाली नदीमा आएको बाढीले पुलसँगै बनेको पहुँच मार्गलगायतका संरचना बगाएपछि प्रभावित बनेको आयोजनाको निर्माणले अझै गति लिन सकेको छैन ।

पुलको चौतर्फी बन्ने पोखरीका लागि ‘गाइडबण्ड’ बनाउन डिजाइन परिर्वतन गर्ने प्रक्रिया अघि बढेपछि निर्माणको काम रोकिएको हो । यसअघि ठूला ढुंगाको ‘गाइडबण्ड’ बनाउने भनिए पनि ठूलो ढुंगाको व्यवस्थापन हुन नसकेपछि डिजाइन परिवर्तनको पहल अघि बढेको छ ।

‘हामीलाई गाइडबण्ड बनाउन करीब एक लाख ८१ हजार घनमिटर ढुंगा आवश्यक थियो,’ पुल निर्माणको जिम्मा पाएको कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्सट्रक्सन कम्पनी (सिएफसी) जेभीका इञ्जिनियर किशोरराज पाण्डेयले भने, ‘अहिले डिजाइन परिर्वतनको काम नसकिएकाले निर्माणको काम ठप्प जस्तै छ ।’

उनले पुलको ‘स्ल्याप’ ढलानको काम सकिएको जानकारी दिए ।

‘७.८ किमी छ लेनको पहुँच मार्गअन्तर्गत चार किमी सडक कालोपत्र भइसकेको छ,’ इञ्जिनियर पाण्डेयले भने, ‘गाइडबण्डका लागि स्थानीय प्रशासनसित समन्वय गरेर चुरेतर्फका खोलाबाट करीब १८ हजार घनमिटर ढुंगा ल्याए पनि त्यसले पर्याप्त भएन ।’

महाकाली पुल योजना कार्यालयका इञ्जिनियर दुर्गा अवस्थीले वाइडबण्डको डिजाइन परिवर्तनका लागि फाइल विभागमा पेश भएको बताए ।

२०७४ भदौदेखि शुरू भएको पुल निर्माणको अवधि आगामी फागुन १५ गतेसम्म छ । गत जेठ र कात्तिकमा महाकालीमा आएको बाढीले निर्माण कम्पनीको करीब २० करोडभन्दा बढीको क्षति पुर्‍याएको थियो ।

 


१६ माघ २०७८, आइतवार १४:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु