धनगढीमा सरकारी गाडीमा लगाइयो ‘ह्विललक’

धनगढी–अत्तरिया छ लेन सडकमै सरकारी गाडी पार्किङ गरेपछि कैलाली ट्राफिकले ह्विललक लगाइ दिएको छ ।

बैतडीको सुर्नया गाउँपालिकाको से १ झ २८७ नम्बरको गाडी बिहिबार बिहान धनगढी–अत्तरिया छ लेन सडकको चौराहामा सडकमै पार्किङ गरेपछी ह्विललक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वकिल सिंहले बताए ।

ट्राफिक नियम सबैलाई बराबरी भएको बताउदै प्रहरी निरीक्षक सिंहले पाँच सय रुपैया जरिवाना गरेर उक्त गाडी छोडिएको बताए ।


१३ माघ २०७८, बिहीवार १२:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु