सीता दाहाललाई कोरोना संक्रमण, मेडिसिटीमा उपचार हुँदै
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई कोरोना संक्रमण देखिएको छ।
गम्भीर बिरामी परेर खुमलटारमै रहेकी उनलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
कोरोना संक्रमण देखिएपछि उनलाई मेडिसिटीमा भर्ना गरिएको छ। अहिले उनलाई आईसीयुमा राखेर उपचार भइरहेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
कोरोना देखिए पनि सीताको स्वास्थ्यमा जटिल समस्या भने नदेखिएको सचिवालयले जानकारी दिएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली र पत्नी राधिका शाक्यमा पनि आइतवार कोरोना संक्रमण पुष्टि भएको छ। यसअघि अध्यक्ष प्रचण्ड पनि कोरोना संक्रमण देखिएर निको भइसकेका छन्।
९ माघ २०७८, आइतवार ११:५७ बजे प्रकाशित













