कैलाली प्रशासनमा कार्यरत ३ जनामा कोरोना संक्रमण
जिल्ला प्रशासन कार्यालय कैलालीमा कार्यरत ३ जना कर्मचारीमा कोरोना संक्रमण फेला परेको छ। प्रशासकीय अधिकृतसहित ३ जनामा कोरोना देखिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
उनका अनुसार संक्रमित कर्मचारीहरु होम आइसोलेनमा बसिरहेका छन्। यस्तै ३ जना अन्य कर्मचारीमा समेत कोरोनाको लक्षण देखिएको सूचना अधिकारी जोशीले बताए। उनीहरु पनि होम आइसोलेसनमा बसिरहेको बताइएको छ।
६ माघ २०७८, बिहीवार २०:१७ बजे प्रकाशित













