सभामुख थापाद्वारा असहायलाई खाद्यान्न सहयोग

धनगढी उपमहानगरपालिका–५ तारानगरमा रहेको मानवसेवा आश्रममा रहेका असहायहरुलाई खाद्यान्न सहयोग गरेको छ । सुदूरपश्चिम प्रदेश सभाको पाचौँ प्रदेशसभा दिवसको अवसर पारेर सभामुख अर्जुनबहादुर थापाले खाद्यान्न सहयोग गरेका हुन् ।

आफ्नो व्यक्तिगत खर्चमा सभामुख थापाले ५० किलो चामल, ७ किलो दाल, ८ केजि तरकारी सहयोग गरेका हुन् । ‘प्रदेश सभा दिवस विविध कार्यक्रम गरी मनाईरहेका छौँ’, सभामुख थापाले भने । ‘सानो सहयोग भए पनि असहायहरुलाई खाद्यान्न सहयोग गरेका हो ।’

थापाले आश्रममै पुगेर खाद्यान्न हस्तान्तरण गरेका हुन् ।२०७४ माघ ७ गते प्रदेश सभाका सांसदले सपथ लिएका दिनलाई प्रदेश सभा दिवसका रुपमा मनाईने गरेको छ । शुक्रबार दिवसको अवसरमा औपोचारिक कार्यक्रम समेत आयोजना गरिने भएको छ ।

मानवसेवा आश्रममा हाल ६० जना असहायहरु रहेका छन् । तीन बर्ष देखि आश्रममा अभिभावक विहिनहरुको लालनपालन गरिदैँ आएको छ ।

 


६ माघ २०७८, बिहीवार १९:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु