सुदूरपश्चिममा थप ५ सय ३४ जनामा कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशमा थप ५ सय ३४जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार २ हजार २८६ जनाको कोरोना परीक्षण गर्दा ५सय ३४ जनामा संक्रमण पुष्टि भएको हो।

२सय ३९जनाको पीसीआरमार्फत र २ सय ९५ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। बिहिवार संक्रमण पुष्टि भएकामध्ये १ सय ५५जना आजै भारतबाट आएका नागरिक हुन्।

त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ७४, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ७६ ,जुलाघाटबाट फर्केका ४,पुलघाट नाका दार्चुलाबाट फर्केका १जनामा संक्रमण पुष्टि भएको हो।

No photo description available.


६ माघ २०७८, बिहीवार १८:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु