नारायणकाजी श्रेष्ठ कोरोना संक्रमणमुक्त
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ कोरोना संक्रमणमुक्त भएका छन्। बुधबार पीसीआर विधिबाट परीक्षण गर्दा श्रेष्ठलाई कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए।
उनले भने, ‘हिजो गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै नेकपा माओवादी केन्द्रका नेता कमरेड नारायणकाजी श्रेष्ठ कोरोना मुक्त हुनुभएको छ।’
उनले आफूलाई संक्रमण देखिएपछि हाल होम आइसोलेसनमा बसेका थिए। माओवादी केन्द्रका शीर्ष नेताहरुलाई महाधिवेशन लगत्तै कोरोना संक्रमण भएको थियो।
६ माघ २०७८, बिहीवार ०९:०५ बजे प्रकाशित













