सेती अस्पतालमा थप १ सय ४ जनामा कोरोना संक्रमण
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १ सय ४ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १८७ नमुना पिसिआर विधिबाट परीक्षण गर्दा थप १ सय ४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । यस्तै २४ घण्टामा थप ३ जना नयाँ संक्रमित विरामी अस्पताल भर्ना भएका छन् ।
हाल अस्पतालमा १८ जना संक्रमित विरामीको उचार भइरहेको अस्पतालले जनाएको छ । जसमध्ये दुईजना विरामीको आइसियु र दुईजना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
१ माघ २०७८, शनिवार १४:०५ बजे प्रकाशित































