punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा जिप दुर्घटना हुँदा एककाे मृत्यु

Chaupati
safha napa

बझाङको जयपृथ्वी नगरपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।शुक्रबार राति नगरपालिकाको वडा नं १, कैलाशबाट सदरमुकाम चैनपुर आउँदै गरेको सु.प ००९१ नम्बरको जिप जयपृथ्वी नगरपालिका वडा नं २ मोर्तोलीमा दुर्घटना भएको थियोे ।

जिप दुर्घटनामा सख्त घाइते भएका सवारीधनी पूरबहादुर सिंहको उपचारका लागि धनगढी लैजाँदै गर्दा बागथला नजिकै उनको मृत्यु भएको छ । दुर्घटनामा सिंहको छातीमा गम्भीर चोट लागेकोले उपचारका लागि धनगढी लैजाने क्रममा मृत्यु भएको उनका आफन्तले उकेस सिंह बताए ।

मोर्तोलीको विद्यालय नजिकैको घुम्तीमा जिप घुमाउने क्रममा जिप दुर्घटना भएको स्थानीय उत्तम साउदले बताए । अनियन्त्रित भएको जिप ५० मिटर तल खसेको थियोे ।


१ माघ २०७८, शनिवार १३:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु