punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा फेला परेको शवको पहिचान खुल्यो

Chaupati
safha napa

बैतडीमा फेला परेको शवको पहिचान खुलेको छ। जिल्लाको पाटन नगरपालिका–६ हिरापुर नजिक बिहीबार साँझ सडकभन्दा करीब ५० मिटर तल शव फेला परेको थियो।

उक्त शव दशरथचन्द नगरपालिका–४ का २६ बर्षीय सुरत भुलको रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए। प्रहरीका अनुसार रोजगारीका लागि भारत गएका उनको घर फर्किँदै गर्दा बाटोमै मृत्यु भएको हो।

उनी जण्डिसको बिरामी रहेको बुझिएको छ भने उनको मृत्यबारे केही खुल्न नसकेको र आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको बताइएको छ।


३० पुस २०७८, शुक्रवार १०:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु