punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

श्रीलंकासँग टस हारेर फिल्डिङ गर्दै नेपाल

Chaupati
safha napa

एसीसी यू–१९ एसिया कपमा नेपालले श्रीलंकासँग खेलमा टस हारेर पहिला फिल्डिङ गरिरहेको छ।शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरिरहेको श्रीलंकाले १२ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा ४३ रन बनाएर खेलिरहेको छ।

नेपालले श्रीलंकासँगको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ। आजको खेलमा दुर्गेश गुप्ता र अर्जुन कुमाल बेन्चमा छन् भने उनीहरुको स्थानमा शेर मल्ल र बसन्त कार्कीलाई टोलीमा समेटिएको छ।

एसिया कपको पहिलो खेलमा नेपाल साविक विजेता बंगलादेशसँग १ सय ५४ रनको फराकिलो अन्तरले हार व्यहोरेको थियो।

अंक तालिकाको दोस्रो स्थानमा रहेको श्रीलंका नेपाललाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गर्न चाहन्छ।नेपाल भने पहिलो जितको खोजीमा मैदान उत्रिँदै छ। नेपालले श्रीलंकालाई पराजित गरे अन्तिम ४ को सम्भावना जीवित राख्नेछ भने पराजित भए एक खेल अगावै समूह चरणबाट बाहिरिनेछ।


११ पुस २०७८, आइतवार १२:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु